भारतीय जनता पार्टीका नेता गोपाल नारायण सिंहले कंचनपुरमा भारतीय सशस्त्र प्रहरी बलद्धारा गोली लागेर मृत्यु भएका गौतमलाई आफ्नो सुरक्षा फौजले आक्रमण नगरेको बताएका छन् ।

सिंहले कंचनपुरमा गौतमको गोली लागेर मृत्यु हुँदा त्यो बेला भारतीय एसएसबी नै नभएको दाबी गरेका छन् । उनले बरु भारतीय माओवादीहरुले भारतमा पुगेर गोली हानेको हुनसक्ने गंभीर आरोप लगाएका छन् ।

नेपालको एक अनलाइन पोर्टलसँग कुरा गर्दै भारतीय नेता सिंहले यस्तो बताएका हुन् ।

‘कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानेको म पत्याउँदिन । हल्ला चलाइएको मात्रै हो । ‘ सिंहले भनेका छन्- ‘त्यो दिन कञ्चनपुरमा कुनै एसएसबी नै थिए । यसबारेमा अनुसन्धान गर्नु राम्रो हुन्छ । बिना कारण भारतले किन गोली हानेर नेपाली हत्या गर्छ र ?’

उनले भनेका छन्- ‘नेपालका माओवादीले भारततिर गएर नेपालीलाई गोली हानेर नेपाल भारतबीचको सम्बन्ध विगारेको हुन सक्छ ।’

नेता सिंहले चीनको उक्साहटमा नेकपा एमालेले नाकाबन्दीमा भारतको विरोध गरेको आरोप लगाएका छन् । नेपालमा कम्युनिष्टहरुको स्रोत सबै चीनबाट आउने भएकोले उनीहरु भारततर्फ भन्दा चीनतर्फ बढी लचक भएको उनको दाबी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार