वान वेल्ट वान रोड (ओवर) कार्यान्वयन भए नेपाल स्विजरल्याण्ड बन्ने चिनियाँ प्राध्यापकहरुले बताएका छन् ।

नेपाल भ्रमणमा अाएका चिनियाँ प्रध्यापक तथा विदेश मन्त्रालयका अधिकारीहरुले चिनियाँ राष्ट्रपति सि चिनफिङले अघि बढाएको ‘वान बेल्ट वान रोड’ (ओबर) विश्वका सबै मुलुकको हितमा रहेकाले त्यसमा आबद्ध हुन नेपालका नेताहरूलार्इ आग्रह गरेका छन् ।

नेपालको आफ्नो तयारीमा पनि त्यो निर्भर गर्ने हुनाले ब्यवस्थित तयारीसहित यसमा नेपाल अघि बढेमा मुलुकको विकास टाढा नभएको उनीहरुले बताए । ओवर सडक संजालमात्र होइन भन्ने बुझाउन नसक्नु नै आफूहरुको समस्या रहेको बताए ।

‘नेपाल जस्तो भूपेरिवेष्ठित मुलुकका लागि ओबर हितमा छ,’ नेपाल भ्रमणमा रहेको बौद्धिक समुहले एक दिने कार्यशालामा बिहीबार भने, ‘अबको विश्व ‘जिरो–सम’ कूटनीतिमा होइन । ‘विन–विन’ आर्थिक र विकास कूटनीतिमा अघि बढ्नेछ ।’

चीनले विश्व शान्ति र समृद्धिका लागि नै यो अभियान अघि बढाएको र उक्त अभियान राष्ट्रसंघ सुरक्षा परिषदबाट अघि बढेको भन्दै यसमा सहमत हुन हिचकिचावट गर्न नहुने चिनियाँ बौद्धिक समूहको सुझाव रहेको छ । चीन अध्ययन केन्द्रले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ विषयमा बिहीबार आयोजना गरेको कार्यक्रममा ओवरका चिनिया विज्ञ प्राध्यापक बाङ यिभले गरिबी र विकासका व्यवधान अन्त्य गर्न चिनियाँ राष्ट्रपति सीले अघि बढाएको धारणामा विश्वमा ५० भन्दा बढि देश सहमती जनाइसकेका जानकारी दिए ।

‘चीनले छिमेकबाट नै यो अभियाना अघि बढाउने हुनाले नेपालको साथ खोजेको छ । यसले नेपाललाई पनि हित गर्छ । ओवर भनेको सडक संजालमात्र होइन । रेल, सडक, लगानी, कूटनीतिक अन्तरक्रिया सबै विषय यसमा रहन्छ,’ उनले भने, ‘चीन र दक्षिण एसिया जोड्ने हवको रुपमा अघि बढेको नेपाल हेर्ने चाहना चीनको रहेको छ । यसमा नेपालले साथ दिनेछ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार