प्युठानको स्वर्गद्वारीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन्।

काठमाडौंबाट स्वर्गद्वारी मन्दिरको दर्शनका लागि जाँदै गरेको बा १ च १५६१ नम्वरको स्कारपिओ जीप शुक्रवार विहान स्वर्गद्वारी नगरपालिका–४ रुमालेमा दुर्घटना भएको प्युठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भने हुन नसकेको उनले बताए। जीप चालकसहित गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र भि‌ंगृमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।

जीप सडकबाट झण्डै २ सय मिटर तल खसेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार