सन् १९५३ मा स्टालिनको निधन भनेर भनिएपनि वास्तवमा त्यो हत्यो थियो भन्ने कुरा एउटा सनसनीपूर्ण रिपोर्ट आएको छ । गुप्त दस्तावेज नामक पुस्तकबाट यस्तो सनसनीपूर्ण कुरा आएको हो । वास्तवमा स्टालिनको निधन जो भनियो, उनलाई अस्पतालमा रहँदा खु्रश्चेभद्धारा डक्टरहरुलाई गलत प्रेस्किप्सन दिएर हत्या गरिएको बताइएको छ । पी डेरियाबिनले स्टालिनको निधन होइन हत्या भनेर पुष्टी गर्न खोजेका छन् । स्टालिनको हत्यामा स्वंय खु्रश्चेभ संलग्न रहेको यो रिपोर्टले देखाउन खोजेको छ ।
यहाँ हामीले त्यसको संक्षिप्त रिपोर्टको अंश प्रस्तुत गरेका छौं ।

क. स्टालिनको रहस्यमय मृत्युबारे अहिले प्राप्त भएका अत्यन्त गोप्य कागजात र प्रमाणहरुबारे यहाँ चर्चा गर्नुअघि उहाँको उपचारमा संलग्न चिकित्सकहरुको डाक्टरी खेलबारे यहाँ जानकारी गराउँछु । स्टालिनको निजी सुरक्षा प्रबन्धलाई ध्वस्त बनाई उहाँको हत्या कसरी गरियो भन्ने यथार्थ जान्न यो रहस्य कोसेढुंगा साबित हुन सक्छ ।
तत्कालिन सोभियत कम्युनिस्ट पार्टीभित्र लुकेर बसेका संशोधनवादीहरुले त्यतिबेला स्टालिन र सोभियत समाज विरुद्ध के गर्न चाहेका थिए र के गरे भन्ने विषयमा पाठकहरुलाई स्मरण गराउछु ।
‘…..सन १९५२ को ग्रीष्मताका सोभियत सरकार प्रमुखको कार्यलय क्रेमलिनमा बर्षैदेखि कार्यरत र राजनेताहरुको उपचारमा संलग्न भईसकेका चिकित्सकहरुलाई अचानक कार्बाही गरियो । कारबाहीमा परेका चिकित्सकहरुमा मिरोन भोभ्सी र भ्लालिमीर भिनोग्रादोभ पनि थिए । भोभ्सी क्रेमलिन अस्पतालका प्रमुख थिए । त्यस्तै अलेक्सेयी पुसालोभ मिखाइल यगोरोभ र साफिया कार्पाईलाई पनि गिरफ्तार गरियो ।’
(वाइ.रिपोर्ट ः उही पुस्तक, पृष्ठ ७२) ।
‘सन १९५३ जनवरी १३ मा प्रकाशित प्राब्दा पत्रिकामा चिकित्सकहरुको गिरफ्तारीबारे यस्तो समाचार प्रकाशित गरियो । ….डाक्टरहरुको आतंककारी समुहले सोभियत संघका जिम्मेवार नेताहरुको जीवन लिला छोटो पार्ने उद्देश्यसहित गलत तरिकाले औषधीउपचार गराईरहेका थिए ….तिनीहरुले पदको दुरुपयोग गर्दै र आफुप्रतिको बिरामीको विश्वासलाई लत्याउदै रोगको गलत निदान र उपचारपद्धति अपनाईरहेका थिए ।’
प्राब्दा, १३ जनवरी, १९५३, पृष्ठ ४ । सोभियत प्रेसको सामयिकी, अंक ४, बुलेटिन नं ३१,
जम्मा ९ जना डाक्टर यस कार्यमा सामेल थिए । तीमध्ये भ्लादीमीर स्टापलनका निजी डाक्टर थिए ।
प्राब्दा पत्रिकामा प्रकाशित समाचारको अन्त्यमा लेखिएको थियो …यस सम्बन्धी अनुसन्धान प्रक्रिया चाँडै नै सम्पन्न हुनेछ । (वाइ रिपोर्ट ः उही पुस्तक, पृष्ठ २१६) ।
उक्त पत्रिकाले लेखेको छ– राज्यको सुरक्षा संयन्त्रले डाक्टरहरुको विध्वंशकारी संगठनबारे समयमै जानकारी पाउन सकेन । सुरक्षा संयन्त्रहरु सतर्क हुनुपथ्र्यो । इतिहासले हामीलाई पाठ सिकाईसकेको छ । महान् रुसी साहित्यकार ए.एम. गोर्की र अर्का राजनेता भी.भी. कुइविसेल एवम् भि.आर. मेजिन्स्किको हत्या लेभीन प्लेटनेभ जस्ता डाक्टरहरुको गलत उपचारका कारण भएको थियो ।…हत्यामा संलग्न डाक्टरहरु आफैँले ती हत्याको जिम्मेवारी लिईसकेका छन् ।
(प्राब्दा १३ जनवरी १९५३, उही समाचार पृष्ठ ४) ।







