
नेपालका लागि नयाँ भारतीय राजदूत मन्जिवसिंह पुरी आज शनिबार नेपाल आईपुगेका छन् ।
अघिल्ला राजदूत रन्जीत रेले अवकास पाएपछि उनको स्थानमा पुरीलाई भारतले नेपालका लागि राजदुतमा सिफारिष गरेको थियो।
रे फागुन अन्तिमसाता आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किसकेका थिए । भेली आइतबार ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम राखिएको छ ।
भारतले मन्जिवसिंहलाई राजदूतको रुपमा नियुक्त गरेको पत्र नेपाललाई पठाएपछि उनको नाममा नेपालले अनुमोदन गरेको थियो । नेपालका लागि नयाँ राजदुत पुरीले यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका राजदूत भएर काम गरिसकेका छन् ।
संयुक्त राष्ट्रसंघका लागि पनि भारतीय प्रतिनिधिको रूपमा काम गरिसकेका पुरी सन् १९८२ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।







