हङकघमा नयाँ नेतृत्वको निर्वाचन आज हुँदैछ । सन् २०१२ पछि हुन लागेको नयाँ नेतृत्वमा क्यारी लाम र जोन स्यानले उमेद्धबारी दिएका छन् ।

आज आइतबारै हङकङमा नयाँ नेतृत्वको फैसला समेत हुनेछ । यी दुवै उम्मेदबार प्रो चाइनिज भएको पश्चिमा मिडियाहरुको भनाई छ । झण्डै ८० लाख मतदाता रहेको हनकनमा १४ सय इक्टोरल मतद्धारा मात्र नयाँ नेतृत्व चुनिन थालेको भन्दै प्रो डेमोक्रेसी पक्षधरहरुले विरोध गरेका छन् ।

उनीहरुले चीनको नेतृत्वले ठाडो हस्तक्षेप गरेको भन्दै यो चुनाव अवैधानिक भएको आरोप लगाएका छन् ।

पश्चिमा मिडियाहरुले हङकङको निर्वाचनलाई निकै चासो दिएर समाचार लेखेका छन् । बीबीसी, सिएनएन र द गार्डियनजस्ता प्रमुख पश्चिमा मिडियाहरुले हङकङमा चिनियाँ नेतृत्वको ठाडो हस्तक्षेप भएको भनेर लेखेका छन् ।

बीबीसीले ‘पव्लिक मतभन्दा चीनद्धारा मनोनित केही मान्छेहरुको स्वार्थमा नयाँ नेतृत्व चयन हुन थालेको’ लेखेको छ । सीएनएनले ‘नयाँ नेतृत्व ०.०३ प्रतिशत मान्छेद्धारा चुनिदै’ शीर्षक दिएर लेखेको छ । ‘चीनको हस्तक्षेपको आरोपबीच नयाँ नेतृत्व चुनिदै’ भन्ने शीर्षक दिएर द गार्डियनले समाचार लेखेको छ ।

आफ्नै देशको स्वशाशित राज्यमा नयाँ नेतृत्वको निर्वाचन भइरहँदा चीनबाट प्रकाशित हुने कुनै पनि मिडियाहरुले सो निर्वाचनलाई कुनै महत्व दिएका छैनन् । चीनबाट प्रकाशित हुने सिन्हवा न्युज एजेन्सी, चाइना डेली, पिपुल्स डेली र ग्लोबल टाइम्सजस्ता न्युज मिडियाहरुले हङकङको निर्वाचनलाई कुनै प्राथमिकता दिएका छैनन् ।

तर युरोप र अमेरिकाबाट प्रकाशित र प्रसारित मिडियाहरुले निकै चासो दिएर समाचार प्रकाशन गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार