नेपाल कम्युनिस्ट पार्टीले कथित स्थानीय निर्वाचनलाई खारेज गरौं भन्दै नयाँ पोष्टर बनाएको छ ।

संसदीय व्यवस्थालाई सुदृढ गर्न संसदवादीहरुले स्थानीय निर्वाचन गर्न थालेपछि कम्युनिस्ट पार्टीले यो निर्वाचनलाई कुनै मान्यता नदिने निर्णय गरेसँगै यस्तो पोष्टर बनाएको हो ।

कथित स्थानीय निर्वाचनलाई खारेज गरौं, शान्ति, समानता, स्वाधिनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद भन्ने मुल नारा दिएर पार्टीले ठूलो आकारमा पोष्टर बनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले देशव्यापी रुपमा निर्वाचनलाई खारेज गरेर जाने अभियान तय गरेपछि विरोधीहरु थर्कमान भएको कम्युनिस्ट पार्टीका अभियनकर्मीहरुले बताएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार