विभिन्न ‘स्टन्ट’ गरेर चर्चामा आइरहने नयाँ शक्तिकी नेतृ हिसिला यमीले कैलालीमा नयाँ स्टन्ट देखाएकी छिन् ।

नयाँ शक्ति पार्टीकी नेतृ यमी थारु महिलाको अवतारमा देखिएकी हुन् । नयाँ शक्लिे संचालन गरिरहेको हिमाल–पहाड– तराई/मधेस राष्ट्रिय अभियानका क्रममा धनगढी पुगेकी हिसिला थारु भेषमा देखिएकी हुन् ।

धनगढीमा आयोजित शक्ति प्रदर्शनमा अभिनेत्री तथा नयाँ शक्ति नेतृ करिश्मा मानन्धरका साथमा थारु पहिरनमा सजिएकी बाबुराम पत्नी हिसिला यमी प्रशन्न मुन्द्रामा देखिएकी थिइन् ।

नयाँ शक्तिको कार्यक्रममा संयोजक बाबुराम भट्टराई, अर्का नेता नवराज सुवेदी र अभिनेतृ करिष्मा मानन्धर पनि सहभागी थिए । तर अरु कुनै नेताहरु हिसिलाको जस्तो स्टन्ट नदेखाइकन सहज भेषमा प्रस्तुत भएका थिए ।

नयाँ शक्तिको उक्त अभियान आज धनगढीबाट सकिने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार