
संसदीय व्यवस्थाको विरोध गरेको पार्टी नेकपा (क्रान्तिकारी माओवादी) अन्तत: स्थानीय तहको चुनावमा सहभागी हुने पक्का पक्की भएको छ ।
राजधानीमा सोमबारदेखि सुरु भएको बैठकमा सो पार्टीले स्थानीय निर्वाचनलाई उपयोग गरेर जाने निर्णयमा पुगेको बताइएको छ ।
पार्टी मोर्चा देशभक्त संघीय गणतान्त्रिक मोर्चाको तर्फबाट निर्वाचनमा जाने पार्टी उच्च स्रोतले बतायो । देशभक्त जनवादी मोर्चालाई चुनावमा पठाउने तयारी भइरहेको छ । मोर्चाको नेतृत्व पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले गरेका छन् ।
दोस्रो संविधानसभाको चुनावलाई बहिस्कार गरेको क्रान्तिकारी माओवादीले मोर्चा बनाएर चुनावमा जाने तयारी गरेको हो ।
क्रान्तिकारी माओवादीको बैठकमा तल्लो तहका अधिकांश केन्द्रीय सदस्यहरु चुनावमा सहभागी नहुने पक्षमा रहेको भएता पनि पार्टी नेतृत्व चुनावमा जान तयार भएको छ ।







