
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई विदेशीको इशारामा चलेको भन्दै नयाँ शक्तिका नेता निर्मल भट्टराईको नेतृत्वमा नयाँ पार्टी घोषणा भएको छ ।
भट्टराईका विरुद्ध अर्का भट्टराईले पार्टी घोषणा गरेपछि अन्ततः नयाँ शक्ति विभाजित भएको छ ।
विद्रोही नयाँ शक्तिका नेताहरुले भक्तपुरको रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गर्दै समान्नतर राष्ट्रिय भेला आयोजक समितिका संयोजक निर्मल भटट्राईले बाबुरामले भारतसँग नझुकी नेपालमा केही गर्न नसक्ने बताए ।
बुधबार राष्ट्रिय भेला आयोजना गर्न गरिएको जानकारी दिँदै नेता भेला आयोजक समितिका संयोजक भट्टराईले ५२ जिल्लाबाट करिब १ हजार प्रतिनिधि सहभागी हुने बताए । सरकारले घोषणा गरेको स्थानीय चुनावमा सभागी हुने समेत भट्टराईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नयाँ शक्ति केन्द्रीय परिषद्का सदस्यहरु सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र रामराज मंगरातीले पार्टीको सामान्य सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिए ।







