
दश वर्षे जनयुद्धमा चैत्र १७ ऐतिहासिक जेल ब्रेकका रुपमा चर्चित छ ।
आजभन्दा १७ वर्षअगाडि ०५७ को चैत्र १७ गते सहासी महिला योद्धाहरुले तत्कालीन पूरानो सत्ताको गोरखा जेल बे्रक गरेका थिए ।
सो जेल बे्रककी कमाण्डर उमा भुजेल थिइन । हाल उनी नेपाल कम्युनिस्ट पार्टीको पोलितव्युरो सदस्य छिन् । उनकै नेतृत्वमा मीना मरहठ्ठा, रिता विक, सन्जु अर्याल, एन्जिला विकले जेल बे्रक गरेका थिए ।
त्यो घटनापछि उनीहरुलाई जनयुद्धका नायिकाको उपमा दिइएको थियो । आज पनि १७ वर्षअघिको घटनालाई क्रान्तिकारी महिलाहरुले सहास र उन्मुक्तिको दिनका रुपमा चिन्ने गर्दछन् ।
ती सहासी र क्रान्तिकारी महिलाहरुको उच्च सम्मान गर्दै सामाजिक संजालमा ती महिला योद्धाहरुको तस्बीर निकै भाइरल भएको छ ।







