नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका केन्द्रीय सल्लाहकार चित्रबहादुर आलेको घरको आज शिलन्यास गरेका छन् ।

कम्युुनिस्ट पार्टीले ७० वर्ष पार गरेका नेताहरुलाई संरक्षण गर्ने नीतिअनुरुप आज विहीबार महासचिव विप्लवले सर्लाहीमा आलेको नयाँ घर बनाउनका लागि शिलन्यास गरेका हुन् ।

नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समय त्याग गरेका आले नेपाल कम्युनिस्ट पार्टीको थबाङ महाधिवेशनबाट सक्रिय राजनीतिबाट विदा लिएर सल्लाहकारमा बसेका छन् ।

आलेले लामो समय कम्युनिस्ट राजनीतिमा समय खर्चेर आफ्नो नीजि घर समेत बनाउन नसकिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीले उनलाई बस्नका लागि घर बनाइदिन लागेको हो ।

शिलन्यासपछि महासचिव विप्लवले समाजवाद आफैमा समृद्ध र सुसंस्कृत समाज भएको भन्दै वैज्ञानिक समाजवादमा बृद्धहरुलाई राज्यले उचित बन्दोवस्त गर्ने नीनिअनुरुप आफुहरुले त्यही संस्कारलाई जग बसाल्न खोजेको बताए ।

सो शिलन्यासमा पार्टी प्रवक्ता खड्का बहादुर विश्वकर्मा प्रकाण्डलगायत नेताहरुको पनि उपस्थिति रहेको थियो ।

शिलन्यास कार्यक्रमपछि महासचिव विप्लव

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार