नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्थानीय तहको निर्वाचन आफ्नो पार्टीले खारेज गरेको बताएका छन् ।

बिहीवार सर्लाहीको हजरियामा भएको एक कार्यक्रमलाई सम्वाेधन गर्दै महासचिव विप्लवले संसदीय व्यवस्थालाई कुनै पनि हालतमा आफूहरुले स्वीकार गर्न नसकिने बताए ।

उनले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावलाई प्रतिकार गर्दै आफ्नो पार्टीले गाउँ गाउँमा समानान्तर सरकार गठन गर्ने चेतावनी दिए । अहिलेको संसदीय व्यवस्थालाई खारेज गरी मुलुकमा वैज्ञानिक साम्यवादको व्यवस्था लागु गर्नुपर्नेमा उनले जोड दिए ।

जनयुद्ध र जनआन्दोलनको भावना विपरीत सत्ताकै लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनतालाई धोका दिएको विप्लवको आरोप छ ।

पुराना कम्युनिस्ट नेता चित्रबहादुर आलेको निजी आवास शिलान्याश गर्न विप्लव समूहका नेताहरु बिहीवार सर्लाही पुगेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार