नेपाल कम्युनिस्ट पार्टीका महाचिव नेत्र विक्रम चन्द विप्लवले संसदवादी दलहरु करोडौं पैसाको खोला बगाएर कथित निर्वाचनको नौटंक मंचन गर्न लागेको बताएका छन् ।

विदेशी शक्तिको आदेशमा निर्वाचनको नाटक मंचन हुन लागिरहेको भन्दै महासचिव विप्लवले यो निर्वाचनको कुनै अर्थ र औचित्य नभएको बताए ।
पार्टीद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले भारतको आदेश र निर्देशनमा हुने कथित निर्वाचनले देशलाई कुनै निकास नदिने बताए ।
दश वर्षे जनयुद्धमा ०५४ सालतिर माओवादीहरुले ध्वस्त पारिसकेको स्थानीय निर्वाचनलाई अहिले संसदवादीहरु मरेको लाशलाई ब्युँताउन लागि परेको महासचिव विप्लवको भनाई थियो ।
२० वर्ष अगाडि संसदीय व्यवस्थालाई ढाल्न जनयुद्धको नेतृत्व गरेको प्रचण्ड र उनको नेतृत्वको माओवादी केन्द्र आज त्यही मरेको लाश बोकेर निर्लज्ज हिडेको भन्दै विप्लवले कडा रोश प्रकट गरे ।
दलाल पुँजीवादलाई बलियो बनाउने निर्वाचनलाई खारेज गरेर जाने पार्टीको कार्यक्रममलाई जोडदार रुपमा सफल पार्न कार्यकर्ता पंक्तिहरुलाई महासचिव विप्लवले निर्देशन दिए ।







