फिलिपिन्समा राज्य पक्षको सेनाद्धारा चलाइएएको फौजी आक्रमणलाई माओवादी सेनाहरुले बहादुरीपूर्वक पराजित गरेका छन् ।

न्यु पिपुल्स अार्मीका जवानहरू

युद्धविराम र शान्तिवार्ताका क्रममा आफ्नो अस्थायी शिविरमा बसिरहेका न्यु पिपुल्स आर्मीका जवानहरुलाई सरकारी सेनाले गरेको फौजी आक्रमणलाई प्रतिरोध गर्ने क्रममा बिहीबार ५ सरकारी सेनाको मृत्यु भएको छ भने एकजना गंभीर घाइते भएका छन् ।

सो लडाइँबाट माओवादी सेनाहरुले आधुनिक हतियार र गोली गठ्ठाहरु समेत जफत गरेका छन् ।

सियरा माड्े साउथेन टेगालग रब रिजनल कमाण्डले मार्च ३१ मा जारी गरेको प्रेस विज्ञेप्तीअनुसार जनमुक्ति सेनाका योद्धाहरुले निकै बहादुरी र चमात्कारपूर्ण शैलीमा सरकारी सेनालाई पराजित गरेका थिए ।

सरकारको मातहतमा रहेको सरकारी सेनाले फिलिपिन्सका पहाडी क्षेत्रमा लगातार लडाकु अपरेशन चलाइरहेको भन्दै माओवादी पार्टीले गत मार्च १० ११ मा भएको दुवै पक्षबीचको सहमति विपरित राज्य पक्ष गएको आरोप लगाएको छ ।

आफुहरुले शान्ति चाहेको तर सरकारी सेनाले लागतार युद्ध भड्काउन खोजिरहेको भन्दै फिलिपिन्स कम्युनिस्ट पार्टीले यही स्थिति रहिरहे आफुहरु पनि बाध्य भएर सधैको लागि युद्धको बाटो समाउन तयार हुने बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार