नेपाल प्रहरीको २५ औं प्रहरी प्रमुख चयन गर्न सत्तारुढ दलभित्रैको विवाद उत्कर्षमा पुगेको छ।

लामो समयदेखि प्रहरी संगठनको प्रमुख नहुँदा देशको शान्ति, सुरक्षा र अमन चयनमा समेत असर पर्ने भन्दै जनतामा अहिले नैराश्यता देखिएको छ।
त्यतिमात्रै नभएर आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा समेत यसको प्रत्यक्ष प्रभाव पर्ने होकि भन्ने चिन्ता जनमानसमा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवावीच अहिलेसम्म पनि विवाद कायमै देखिएको छ।
फागुन १ गते डिआइजी जयबहादुर चन्दलाई आईजीपीमा सरकारले नियुक्त गरेसँगै सर्वोच्च अदालतमा मुद्धा परेपछि कार्यवाहको भरमा प्रहरी संगठन चल्दै आएको छ । प्रहरी प्रमुख नियुक्ति विवादमा अदालतले गत चैत ८ गते पुर्ण फैसला गर्दै चन्दको नियुक्ति बदर गरिसकेको छ।
अदालतको फैसलासँगै फेरि यो विषयले चर्चा पाईरहेको छ। कसैले अब अर्का डिआईजी नवराज सिलवाललाई आईजीपी बन्ने बाटो खुलेको भनेर समेत चर्चा गरिरहेका छन् । अदालतको फैसला गरेको करिब दुई हप्ता गुज्रिसकेको छ, तर सरकारले नयाँ आइजीपी अझैपनि नियुक्त गर्न सकेको छैन ।
सर्वोच्चको फैसलामा कार्यसम्पादन मुल्याङकन र जेष्ठताका आधारमा डिआइजीहरुबाटै आइजीपी बनाउन भनिएपनि सरकारले त्यसवारे निर्णय गर्न सकेको छैन । सुरुदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवाले चन्दलाइ नै आईजीपी बनाउनुपर्ने अडान लिँदै आईरहेका थिए । तर अझैपनि यसबारेमा निर्णय हुन सकेको छैन् ।
देउवाले अदालतको फैसला जे आएप्नि प्रहरी नियामावली सच्याएर भएपनि चन्दलाई नै आइजीपी बनाउनुपर्ने अडान लिईरहेका छन् । उनले यसबारेमा आफू निकट बरिष्ठ अभिवक्ताहरुसँग परामर्श गरिसकेका छन् ।







