भारतको सबैभन्दा लामो सुरुङमार्ग आइतवारबाट सञ्चालनमा अाएको छ ।  ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार कडा सुरक्षाबीच जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गमा रहेको देशको सबैभन्दा लामो ‘चेनानी-नाशरी’ सड़क सुरुङमार्गको उद्घाटन गरेका हुन् । मोदीले उद्घाटन गरेपछ ४१ किलोमिटर लामो यो सुरुङमार्गबाट सवारीसाधन गुड्न थाल्नेछन् ।

भारतीय सरकारका अधिकारीहरुका अनुसार यस सुरुङबाट प्रति वर्ष करिब ९९ करोड रुपैयाँको इन्धन बचत हुनेछ । उनका अनुसार यसबाट प्रतिदिन करिब २७ लाख रुपैयाँको इन्धन बचत हुने अनुमान लगाइएको छ । यस सुरुङबाट सूबेका दुबै राजधानी जम्मू र श्रीनगरबीचको यात्राको समय दुई घन्टा घट्नेछ ।

अब चेनानी र नाशरीबीचको दूरी ४१ किलोमिटरबाट घटेर १०.९ किलोमिटरमा झरेको छ । सुरुङ खुलेपछि उत्तरी क्षेत्रमा धेरै परिवर्तन आउनेछ ।

थाहा पाउनुस् यस सुरुङसँग जोडिएका १० रोचक तथ्य

१. दुई लेनको यो सुरुङ एसियामा सबैभन्दा लामो सडक सुरुङ मार्ग हो। यसले जम्मू र श्रीनगरकत्त बीचको यात्राको समय १०० किलोमिटर, अर्थात दुई घन्टा कम हुनेछ ।

२. यस सुरुङमार्गलाई बनाउन सात वर्ष लागेको छ । मौसम खराब हुँदा अहिले पनि जम्मु-श्रीनगर राष्ट्रिय राजमार्ग बन्द हुने गर्छ । सडक बन्द भएको समयमा पनि यो सुरुङ मार्ग खुलिरहनेछ । यो सुरुङमार्ग उधमपुर जिल्लाको चेनानीदेखि कश्मिरको रामबन जिल्लास्थित नाशरीलाई जोड्नेछ ।

३. यो ‘वान इन्डिया’ सुरुङ चेनानी र नाशरीको बीचको दूरीलाई ९.२ किलोमिटरसम्म घटाइदिनेछ । अहिले यी दुई गाउँबीचको दुरी ४१ किलोमिटर रहेको छ । साथै यो सुरुङमार्गले जम्मू-श्रीनगर राजमार्गका कम्तिमा पनि ४४ यस्ता क्षेत्रलाई छल्नेछ, जहाँ निरन्तर पहिरो र हिमपात भइरहन्छ

४. समाचार अनुसार यस सुरुङमार्गलाई बनाउन हरेक कुरामा ध्यान दिइएको छ । यसलाई बनाउने क्रममा हरेक किसिमको मौसममा पनि खुल्ला रहने गरी ध्यान दिइएको छ । यही कारण कश्मिर घाटीमा बाह्र महिना सम्पर्क बनाइराख्न यस सुरुङबाट ठुलो सहयोग मिल्नेछ । व्यापार र पर्यटनका लागि पनि यो सुरुङमार्गले ठुलो फाइदा दिनेछ ।

५. यस सुरुङमार्गलाई बनाउन जम्मा १५०० इन्जिनियर, भूगर्भविद र श्रमिकहरुको मेहनेत लागेको छ।

६. यस सुरुङमार्गको निर्माणमा कुल ३७२० करोड भारतीय रुपैयाँ खर्च भएको छ । भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणले यस सुरुङमार्गको निर्माण गरेको हो ।

७. यस सुरुङमार्गमा दुई ट्यूब रहेका छन् । यो दुबै बाटो २९ प्यासेजको सहयोगमा एकापसमा जोडिएका छन् । हरेक प्यासेज ३०० मिटरको दुरीमा छन् ।

८. सुरुङमार्गको निगरानीका लागि यसभित्र १२४ सीसीटीभी क्यामेरा जोडिएको छ । यदि कसैले यसभित्र यातायात नियमको उलंघन गर्छ भने कन्ट्रोल रुमले त्यस कुराको जानकारी यातायात पुलिसलाई दिनेछ । सुरुङ बाहिर दुवैतर्फ ट्राफिक पुलिसकर्मी तैनाथ हुनेछन् । नियमको उल्लंघन गर्नेसँग उनीहरुले जरिवान तिराउनेछन् ।

९. यति लामो सुरुङमार्गमा कयौँ पटक अक्सिजन अभावले पिरोल्न सक्छ । सुरुङ भित्र अधिक मात्रामा कार्बन-डाइअक्साइड जम्मा हुन नदिनका लागि ठाउँ ठाउँमा हावा बाहिर निकाल्नका लागि प्वाँल बनाइएको छ । साथै हावा आउने जाने व्यवस्था पनि गरिएको छ ।

१०. यस सुरुङमार्ग भित्र पार्किङको पनि व्यवस्था गरिएको छ। यदि सुरुङ भित्रै कुनै गाडीमा खराबी आयो भने त्यसबेला यस्ता गाडी पार्किङ गर्न यी स्थानको उपयोग हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार