नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले अहिले हुने भनिएको कथित स्थानीय निर्वाचन भारतको डिजाइनमा हुन थालेको भन्दै त्यो हुने र नहुने दुवै अनिश्चित रहेको बताएका छन् ।

भारतले आफ्नो इशारामा अहिलेको नेपालको राजनीतिमा हस्तक्षेप गरिरहेको भन्दै भारतले मधेशीसहितको स्थानीय चुनाव चाहिरहेकोले चुनाव हुन पनि सक्ने तर नहुन पनि सक्ने बताए ।

पार्टीको एक कायक्रममा दोलखामा बोल्दै प्रवक्ता प्रकाण्डले चुनाव भए पनि नभएपनि त्यो सबैको डिजाइर भारत रहेको बताए ।

निर्वाचन हुन्छ कि हुँदैन, त्यो निर्वाचन आयोगलाई पनि थाहाँ छैन । कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले भने, त्यो सबै भारतको इच्छामा भर पर्छ । भए पनि नभएपनि भारतको योजनामा हुन्छ ।

अहिलेको चुनाव हुने एक मात्र शक्ति भारत मात्र भएको प्रवक्ता प्रकाण्डको भनाई छ ।

कथंकदाचित कथित निर्वाचनको नाममा २० वर्ष अघि मरेको लाशलाई ब्युँताउन खोजे त्यसको आफ्नो डटेर प्रतिरोध गर्ने प्रवक्ता प्रकाण्डले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार