
कमिटी टु सपोर्ट अफ पिपुल्स वार इन इन्डिया नामक अन्तराष्ट्रिय संस्था (आइसीएसपिडब्लुआइ)ले गोन्जालो र भारतीय माओवादी बन्दीहरुको रिहाइका लागि विशेष कार्यक्रम गर्ने भएको छ ।
भारतमा चलिरहेको जनयुद्धको समर्थन तथा राजबन्दीसित सम्बद्ध रही विभिन्न कार्यक्रम गरिरहेको अन्तर्राष्ट्रिय संस्था ‘कमिटी टु सपोर्ट अफ पिपुल्स वार इन इन्डिया’ (आइसियसपिडब्लुआइ ) ले आफना विशिष्ट कार्यक्रमहरूमा केही थपेको छ ।
यसले अतोया जनतामाथि त्यहाँको फासिवादी सत्ताले थोपरेको युद्ध ‘अपरेसन ग्रीनहन्ट’ का विरुद्ध व्यापक जनमत सिर्जना गर्दै तथा भारतमा चलिरहेको जनयुद्ध उत्पीडित जनताको मुक्तिसित गाँसिएको आन्दोलन हो भनेर अभियान चलाइहेको सन्दर्भमा यस वर्ष ‘चिनियाँ महान् सांस्कृतिक क्रान्ति’ ५० वर्ष पुगेको सन्दर्भसहित, रूसी अक्टोबर क्रान्ति १०० वर्ष पुगेको सन्दर्भ र ‘नक्सलवाडी सशस्त्र किसान सङ्घर्ष’ ५० वर्ष पुगेको सन्दर्भमा विशेष कार्यक्रम आयोजन गर्ने निर्णय गरेको थियो ।
आइसियसपिडब्लुआइले मे २० मा नक्सलवाडी सशस्त्र किसान सङ्घर्षको पचासौँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउँदै छ ।
अजिथ र प्रो. साइबाबाको रिहाइका पक्षमा आवाज उठाइरहेको यो संस्थाले अहिले आएर २५ वर्षदेखि जेलमा निर्वासित पेरू कम्युनिस्ट पार्टीका गोन्जालो तथा फ्रान्समा ३० वर्षदेखि जेलमा निर्वासित प्यालेस्टिाइन नेता जर्ज अब्दुल्लाको रिहाइको विषयलाई पनि आफ्नो मूल एजेन्डाभित्र समाविष्ट गरेको छ ।
जनमेलबाट ।







