रुसमा भएको एक मेट्रो विस्फोटमा १० मान्छेको मृत्यु भएको छ भने ५० जति मान्छे घाइते भएका छन् ।

विस्फोटपछि मेट्रो सेवा बन्द समेत हुन पुगेको छ । अहिले सुरक्षा व्यवस्था कडा समेत पारिएको छ ।

हाल यो शरह राष्ट्रपति पुटिनको शहर हो । यो घटना हुँदा राष्ट्रपति पुटिन यही शहरमा थिए । यो घटनापछि पुटिनले आतंकवादी हमला गर्नेहरुलाई खोज गर्न सुरक्षाकमीहरुलाई विशेष निर्देशन गरेका छन् ।

रुसी न्युज एजेन्सीकाअनुसार यो विस्फोटपछि सेन्टपिटसर्ग शहरलाई कडा निगरानीमा राखिएको छ ।

राष्ट्रपति पुटिनको शहरमा यस्तो घटना घट्नुले पुटिनलाई ठूलो झट्का लाग्ने विश्लेषण गर्न थालिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार