
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले माओवादी आन्दोलनमा बाबुराम भट्टराईजस्ता भाइरसले गर्दा प्रचण्डलाई विचलन गराएको बताएका छन् ।
दश वर्षे माओवादी आन्दोलनमा बाबुराम सुनियोजित रुपमा आन्दोलन समाप्त गर्न प्रवेश गरेको सुदर्शनको भनाई छ । त्यही कारण माओवादी आन्दोलनले ठूलो धक्का खाएको नेता ओलीको भनाई छ ।
काठमाडौंमा पार्टीको एक कार्यक्रममा बोल्दै नेता ओलीले माओवादी आन्दोलनमा बाबुरामजस्ता भाइरसलाई प्रचण्डले प्रवेश गराउनु नै ठूलो कमजोरी भएको बताए ।
माओवादी आन्दोलनमा प्रचण्डले विपरितहरुको एकत्वको निमयलाई सही ढंगले प्रयोग गर्न नसक्दा बाबुरामजस्ता पात्रहरु जन्मेको नेता सुदर्शनको भनाई छ ।
प्रचण्डले जनयुद्धहुँदै शान्तिवार्तामा आउँदा माक्र्सवादी द्धन्द्धवादलाई गलत ढंगले प्रयोग गर्दा माओवादी आन्दोलनले सेटव्याक खाएको उल्लेख गरे ।
प्रचण्डको गंभीर विचलन र कमजोरीबाट पाठ सिकेर आफुहरुले माक्र्सवादी द्धन्द्धवादमा नयाँ ढंगले विकास गरेको उनको भनाई छ।







