मोहन वैद्य नेतृत्वको देशभक्त संघीय गणतान्त्रिक मोर्चाले माओवादी केन्द्रसँग आसन्न हुने भनिएको स्थानीय निर्वाचनमा कुनै पनि ठाउँमा तालमेल नगर्ने भएको छ ।

माओवादी केन्द्र पूरै संसदवादमा फसेको भन्दै वैद्य नेतृतवको देशभक्त मोर्चाले स्थानीय चुनावलाई क्रान्तिकारी उपयोगका रुपमा मात्र भाग लिन खोजेको बताएको छ । सो मोर्चाका अध्यक्ष सीपी गजुरेलले आफ्नै पार्टीको अनलाइन मूलबाटोलाई अन्तरवार्ता दिदै माओवादी केन्द्र प्रतिक्रियावाद उन्मुख शक्ति भएको भन्दै त्यो पार्टीसँग चुनावी तालमेल हुनै नसक्ने बताए ।
‘निश्चित रुपमा माकेका नेता र कार्यकर्ताहरु हामीले निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय लिएपछि त्यसबाट चिन्तित देखिन्छन् ।’ उनले भनेका छन्’ -माओवादी केन्द्रप्रति केन्द्रीत हुँदै भनेका छन् – ‘उनीहरुले हामीले बहिस्कार गरिदिए हाम्रो पक्षका जनताहरु जो निर्वााचनमा कुनै न कुनै रुपमा सहभागी हुन जानछन्, ती भोटहरु आफ्नै ढ्वाङमा पर्छ भनेर बसेका थिए तर हामीले निर्वाचनलाई क्रान्तिकारी उपयोग गरेपछि माओवादीका नाममा तिनले भोट पाउने सम्भावना कम भएको छ ।’
माओवादी क्रान्तिकारीका नेतासमेत रहेका गजुरलेले आम जनतालेआफ्नो पार्टीलाई नै भोट हाल्ने बताएका छन् ।
‘तिनीहरुले आफ्नो माओवादी पहिचान पनि गुमाउँदै गएको अवस्थामा इमान्दार माओवादीहरुको भोट अब देजमोलाई पर्ने बढी सम्भावना छ । संसदीय राजनीतिमा चुर्लुम्म डुबेको माके निर्वाचनमा पराजित भएपछि अब उसको भविष्य अन्धकार बनेको छ ।’ उनले भनेका छन्- ‘जहाँसम्म माकेसँग चुनावी तालमेलको कुरा हो, माथि नै भनिइसकिएको छ । माके अब प्रतिक्रियावादी उन्मुख शक्तिमा पतन भइसकेको हुनाले त्यो सँग हाम्रो कुनै पनि चुनावी तालमेलको स्थिति छैन ।
निर्वाचनमा जाने सवालमा आफ्नो पार्टीलाई तीन पार्टीको सिण्डिकेट कारण चुनाव चिन्ह पाउन नसकेको भन्दै गजुरेलले सत्तापक्ष दलको सिण्डिकेटको विरोध गरे ।







