नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालले विजुली बेच्ने दिन छिट्टै आउने समेत बताएका छन् ।

मंगलबार प्राधिकरण प्रांगणमा आयोजित पत्रकार सम्मेलन गरेर प्रबन्ध निर्देशक घिसिङले  यस्तो बताएका हुन् ।

घिसिङ्ले तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्ने बताए । विद्युतको डिमाण्ड (माग) बढाउनु पर्ने बताएका छन् । प्राधिकरण अब निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने बताएका छन् ।

उनले अब काठमाडौंका ट्रान्सर्फमरलाई अपग्रेड गरेर १००० मेगावाट बनाउने योजना समेत सुनाए । आर्थिक वर्षको अन्त्यतिर चमेलिया र कुलेखानी तेस्रो सञ्चालनमा आउने उनले बताए ।

घिसिङले भने,’अब लोडसेडिङको चिन्ता छैन । हामीले विजुलीको माग र आपूर्तिलाई ब्यवस्थापन गरेका छौं । अब औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ पनि घटाउँछौं ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार