उत्तर प्रदेशको विधानसभा चुनावका क्रममा विद्युतीय भोटिङ मेशिनबाट भोट चोरेको बुधबार भारतीय राज्यसभामा हङ्गामा भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीले विद्युतीय भोटिङ मेशिनबाट अन्य दलको भोट चोरेको भन्दै संसद्मै हङ्गामा भएको हो । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विद्युतीय भोटिङ मेशिनमा गडबडी गरेर देशको सबैभन्दा ठुलो राज्य उत्तर प्रदेशको चुनावमा बीजेपीले भोट चोरेको आरोप लगाएको हो ।
यसबारेमा प्रतिक्रिया दिँदै बीजेपीले यो प्रश्न उठाउनु मतदान गर्ने जनता र निर्वाचन आयोगमाथि नै नाजायज शङ्काको संज्ञा दिएको छ ।
विद्युतीय भोटिङ मेशिनमा गडबडीको मुद्दा भारतीय संसदमा मायावतीले उठाएकी हुन् । उनले यो विषयमा छानबिन गर्न माग गरेकी छन् । उनको कुरामा कांग्रेस र समाजवादीले समर्थन गरेका छन् । संसदमा हङ्गामा भएपछि उपसभामुख पीजे कुरियनले भने नियम २६७ अनुसार यसबारेमा चर्चा हुन नसक्ने जवाफ दिएका छन् ।
यसबारेमा मायावतीले भने विद्युतीय भोटिङ मेशिनमा गडबडी भएको आशंका गरेकी थिइन् । मायावतीका अनुसार मुस्लिमको धेरै जनसङ्ख्या रहेको इलाकमा बीजेपीले जित्नुलाई पनि यो तथ्य पुष्टि गर्ने आधार भएको तर्क गरेकी छन् ।
हंगामाका क्रममा मायावतीले बीजेपीमाथि बेइमान भएको आरोप पनि लगाइन् । उनले मध्य प्रदेशको चुनावमा पनि विद्युतीय भोटिङ मेशिनमा जानाजान गडबडी गरिएको मुद्दा पनि उठाइन् । समाजवादी पार्टीका सांसद नरेश अग्रवालले विद्युतीय भोटिङ मेशिनमाको चिपको प्रोग्रामिङ्ग परिवर्तन गर्न सकिने तर्क गरेका थिए । यसबारेमा उपसभामुखले भने-निर्वाचन आयोगले यसबारेमा स्पष्टिकरण दिइसकेको छ । यसमा भ्रम पाल्नु जरुरी छैन ।’
राज्यसभामा कांग्रेस नेता गुलाम नबी आजादले पनि बीजेपीलाई जिताउनका लागि विद्युतीय भोटिङ मेशिनमा गडबडी गरिएको आरोप लगाएका छन् । उनले उत्तर प्रदेश विधानसभा चुनावलाई लिएर सिधा बीजेपीमाथि निशाना साधे। “देशको सबैभन्दा ठुलो राज्यमा बीजेपी चोरी गरेको छ ।”
आजादले आउनेवाला विधानसभा चुनावमा विद्युतीय भोटिङ मेशिनको प्रयोगमा प्रतिबन्ध लगाउन पनि माग गरेका छन् ।
प्रतिपक्षी दलका सांसदहरुको आरोपबार नेता मुख्तार अब्बास नकवीले विद्युतीय भोटिङ मेशिनमा पहिलेबाटै कयौँ विधानसभा र लोकसभा चुनाव भएको बताउँदै त्यतिबेला प्रश्न नउठाएकोमा ब्यंग्य गरे । उनले बीजेपीमाथि मात्रै होइन निर्वाचन आयोगमाथि पनि यसबारे प्रश्न उठाउने हिम्त जुटाउन प्रतिपक्षी दललाई चुनौती दिए ।
नकवीले भने, “२२ मार्चमा नपि सदनमा यसै मुद्दमार ४ घन्टा चर्चा भएको थियो । तर पहाड खोतल्दा मुसो निस्कियो ।







