मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको सिंगो धनकुटा जिल्ला समिति नै नेपाल कम्युनिस्ट पार्टीमा एकीकृत हुन आइपुगेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका धनकुटा जिल्ला ईञ्चार्ज आकाश शर्मा र क्रान्तिकारी माओवादीका लिम्बुवान राज्य समिति सदस्य राजेन्द्र बस्नेतले दुई पार्टी बीचमा ध्रुवीकरण भएको भन्दै संयुक्त विज्ञेप्ती जारी गरेका छन् ।

एकीकरण र ध्रुवीकरणमा राज्य समिति सदस्य आलोक श्रेष्ठ र विशाल मगर रहेका छन् । त्यसैगरी जिल्ला सदस्यहरुमा बविता कँवर, राधिका लिम्बु, हिक्मत साक्य, लोकेन्द्र लिम्बु, फत्त गुरुङ, प्रतिक शेर्पा, घनेन्द्र महरा ,छत्र तामाङ, मनिस विक, शुमन राई, राजन कार्की रहेका छन् ।

यो धु्रवीकरण र एकीकरणले पूर्वमा नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिप्रति आम जनतामा ठूलो आशा संचार पैदा भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार