नेपाल कम्युनिस्ट पार्टीले चैत्र २४ को जनआन्दोलन दिवसको अवसरमा आज जनआन्दोलन दिवस मनाएको छ ।

राजधानीमा विहीबार शान्तिबाटिकामा सयौको संख्यामा जम्मा भएका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु राजधानीका विभिन्न स्थानमा पुगेर उही कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सभालाई नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य ओमप्रकश पुन र केन्द्रीय सदस्य माइला लामाले संवोधन गरेका थिए ।

कोणसाभालाई संवोधन गर्दै पोलिटव्युरो सदस्य ओमप्रकाश पुनले जनयुद्ध र जनआन्दोलन मुख्य मर्मलाई संसदवादी दलहरुले भुलेर घात गरेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले वहुदलीय व्यवस्थाका नेताहरु भारतीय दलाल बनेको भन्दै बरु पंचायती व्यवस्थाका नेताहरु राष्टवादी बनेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार