
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवसहित प्रमुख नेताहरु पार्टीको आन्तरिक प्रक्षिणका लागि देश दौडाहामा निस्केका छन् ।
थबाङ महाधिवेशनपछि नुवाकोटमा सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकले देशव्यापी प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय बमोजिम महासचिव विप्लवसहितका ५ सदस्यीयको नेतृत्व टीम देशव्यापी दौडाहामा निस्केका हुन् ।
पूर्वको मेची, कोशी र सगरमाथा व्युरोस्तरीय कार्यक्रमहुँदै उपत्यका व्युरो कार्यक्रम सकेर नेताको टीम पश्चिमतिर लागेको थियो ।
विहीबार मात्र सुदुर पश्चिमको कार्यक्रम सकिएको छ । पार्टीको मुखपत्र रातो साप्ताहिकाका अनुसार महासचिव विप्लवले वर्गसंघर्षमा जित्नुभन्दा पहिले आफैभित्र क्रान्ति चाहिने भन्दै प्रशिक्षण दिएका छन् ।
थबाङ महाधिवेशनपछि कार्यकर्ताहरुलाई महाधिवेशनको सन्देश र मर्म पुर्याउन नेताहरुको टोली देशव्यापी पुगेपछि कार्यकर्ताहरु नयाँ उत्साह र उमंग आएको स्थायी समिति सदस्य धमेन्द्र बास्तोलको भनाई छ ।







