भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल—भारत प्रबुद्ध समूहका भारतका तर्फबाट संयोजक भगतसिंह कोश्यारीले सन् १९५० को सन्धी काली नदीमा बगाउनका लागि समेत भारत तयार रहेको बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठान नेपालले राजधानीमा आयोजना गरेको अन्र्तक्रियामा बोल्दै भारतको सन्धी पुनरावलोकनमा कुनै स्वार्थ नरहेको बताए ।

‘भारत र नेपालबीचको सन्धी पुनरावलोकनमा भारतको कुनै स्वार्थ छैन,’ कोश्यारीले भने,‘सन्धी पुनरावलोकन गर्ने नगर्ने या सन्धी नै काली नदीमा फाल्ने हो भने पनि भारत तयार छ ।’ आफूहरूले नेपाली पक्षलाई सन्धीमा के थप्ने, के हटाउने वा के पुनरावलोकन गर्नेबारे अझै तयारीका साथ आउन भनेको सम्झाए ।

कुटनीतिक भाषामा सन्धीको बचाऊ गर्दै उनले पूर्वजलाई बेवकुफ भन्न नहुने स्पष्ट बताए । सन्धीलाई खारेज गर्नुपर्नेबारे सुनिनेगरेको टिप्पणीतर्फ संकेत गर्दै कोश्यारीले भने,‘के हाम्रा पूर्वज बेफकुफ थिए र खत्तम गर्ने ?’

असान्दर्भिक र काम नलाग्ने विषयलाई हटाउनुपर्नेमा उनको जोड थियो । सुपुर्दुगी सन्धीबारे सोधिएको प्रश्नमा साइबर क्राइमलगायत गम्भीर भई यी विषयबारे सोचेर दुई देशबीच सम्झौता हुनुपर्नेमा जोड दिए । यद्यपि सन्धी सुधार्ने र सपार्ने कार्य दुवै देशको सरकारको भन्दै आफूहरू सुझावकर्ता मात्र भएको बताए ।

नेपाल भारत सम्बन्धलाई नयाँ परिस्थितिमा दुवैको हितका लागि अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने,‘नेपालमा रेल ल्याउने, भारतसँगको सडक सञ्जाल जोड्ने, विद्युत परियोजनाको काम बढाउनेबारे हामी चिन्तनमा छौं । सबै त्यसमा केन्द्रित होऔं ।’ नेपालमा भारतले बिगा¥यो भन्नेहरूप्रति लक्षित गर्दै भने,‘भारतमा अहिलेसम्म अंग्रेजलाई गाली गरेर लोकप्रीयता हासिल गर्नेहरू छन् ।’

एक अर्कामाथि दोष थोपर्नेभन्दा विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार