
स्थानीय निर्वाचनलाई खारेज गरेर जाने घोषणा गरेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गुल्मीका दुई गाउँपालिकाको बोर्ड तोडफोड गरिदिएको छ ।
लुम्बिनी व्युरोअन्तर्गत गुल्मीको दरवार देविस्थान र मालिका गाउँपालिका कार्यालयलाई कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले हटाइदिएका छन् ।
स्थानीय जनताको उपस्थितिको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले पूरानो सत्तालाई मान्यता नदिने घोषणासँगै यस्ता कार्यक्रम अगाडि बढाएको कम्युनिस्ट पार्टीका एक कार्यकर्ताले बताए ।
कम्युनिस्ट पार्टीको संसदीय निर्वाचन खारेजी अभियानले गाउँ गाउँमा चुनावी अभियान निश्प्रभावी भएको स्थानीयहरुको भनाई छ ।







