नेपाल कम्युनिस्ट पार्टीले स्थानीय निर्वाचनलाई खारेज गरेर जाने केन्द्रीय नीतिअनुरुप उपत्यकाका विभिन्न स्थानबाट तीव्रताका साथ अगाडि बढाएको छ ।

विशेष उपत्यका व्युरोअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट निर्वाचन खारेज अभियान संचालनमा छ ।

शान्ति, समानता,स्वाधिनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद, एकीकृत जागरण तथा स्थानीय चुनाव खारेजी अभियान नाम दिएको कम्युनिस्ट पार्टीको उपत्यकाका विभिन्न गाउँ ठाउँमा पुगेर निर्वाचन विरोधी कामलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

निर्वाचनको नाममा संसदवादी दलहरुले दलाल संसदीय व्यवस्थामार्फत थप लुट्न र संस्थागत भ्रष्टचार गर्न चुनावको नाम दिएको भन्दै कम्युनिस्ट पार्टीले यो कथित निर्वाचनलाई खारेज गरेर जाने अभियान संचालन गरेको छ ।

अभियान अन्तरगत कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले चुनाव खारेजीबारे जनतालाई सुसुचित गराउनुका साथै वाल पेन्टिङ, पर्चा वितरण , पोस्टरीङ लगायतका काम गरेरहेका छन् ।

अभियानलाई सफल बनाउन पार्टीका केन्द्रीय तथा जिल्ला स्तरका सबै नेता तथा कार्यकर्ताहरु गाँउ तथा टोल टोल पुगेका छन् ।अभियान अन्तरगत कम्युनिस्ट पार्टीले घरघरमा पुगेर जनतालाई स्थानीय निकायको चुनावमा सहभागी नहुन अपिल गरिरहेका छन् ।

आफ्नो अभियानका बारेमा जानकारी गराउदै कम्युनिस्ट पार्टीका कार्यकर्ताले संसदीय व्यावस्था र चुनाव खारेज गर्नुपर्ने कारणबारे अन्तरक्रिया तथा छलफल चलाईरहेको सो पार्टीले जनाएको छ ।

ललितपुरमा निर्वाचन खारेज अभियानमा कम्युनिस्ट पार्टीका टोलीहरु

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार