
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ल्याउने संविधान संशोधन विद्येयकका बारेमा आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग निर्णायक वार्ता अचानक स्थगित भएको छ ।
दुई दिन अघि नै तय भएको उक्त बैठक एक्कासी किन स्थगित भएपछि मधेशवादी माेर्चामा सनसनी नै मच्चिएको छ । यसबारेमा जान्न खोज्दा मोर्चाका शीर्ष नेताहरुले त पूरै अनभिज्ञता नै प्रकट गरे ।
मोर्चाका शीर्ष नेता महेन्द्र राय यादव भन्छन्,‘हामीलाई आज विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार बोलाईएको थियो, हामी तयारी अवस्थामा नै थियौं तर एक्कासी विहानै बैठक स्थगित् भएको खबर आयो, यसबारेमा हामीलाई कुनै जानकारी छैन ।’
प्रधानमन्त्री दाहालले बैठक स्थगित् गर्नुको चार कारण
पहिलो कारण, आन्तरिक गृहकार्य नपुगेको । दोस्रो उनले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग उक्त प्रस्ताववारे फाईनल गरिसकेका छैनन् । त्यसैले पनि उनले समय लिईरहेको काँग्रेस निकट स्रोतले जनाएको छ । त्यस्तै मोर्चाका शीर्ष नेता महन्थ ठाकुर काठमाडौं बाहिर छन्।
ठाकुरसँग पनि सहमति गर्नुपर्ने उनको बुझाइ छ । किनकी ठाकुरले अहिले मोर्चामा आवद्ध दलहरुवीच एकीकरणको प्रयास गरिरहेका छन् । त्यस्तै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि वार्ता गर्नुपर्ने भएकोले अध्यक्ष ओली उपचार सकेर बैंककबाट काठमाडौं फर्किएलगत्तै भेटवार्ता गर्ने र नयाँ संशोधन विद्येयकबारे सहमति कायम गर्ने तयारी गरेका छन् ।







