नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जागरण तथा प्रतिरोध अभियानलाई भक्तपुरमा पनि तीव्र पारिएको छ ।

चैत्र २४ गतेबाट उद्घाटित अभियानको तेस्रो दिन सुर्यविनायक नपाको दाेर्लाङ पुगेको छ ।पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज आजादको कमाण्डमा चलेकाे भक्तपुरको अभियानमा जनताले अाफुलाई पुनः लुट्नका लागि लाइसेन्स लिनका लागि गर्न लागिएको कथित स्थानीय चुनावमा सहभागी नहुने प्रतिवद्धता जनाएका छन् ।
अभियान अवधिभर टाेलीलाई जनता खाना/खाजा खुवाउने सम्मान गर्ने काम स्थानीय जनताले स्वस्फुर्त गर्ने गरेका छन् ।
जिल्ला सेक्रेटरी कुशल बाेगटीका अनुसार जिल्लाकाे घुमाउने, खरिपार्टी, तेलकाेट, गाउँरुलीलगायतका गाउँमा जनता स्वतःस्फुर्त अभियानमा जाेडिनेदेखि अभियान टाेलीलाई हरतरहले साथ दिन काम गरे । पार्टीकाे उपत्यका विशेष व्युराे अन्तर्गत ५ नं. कमाण्डकाे उक्त अभियानले जनतामा छुट्टै खालकाे उत्साह पाइएकाे इन्चार्ज अाजादले अनुभूति सुनाए ।
“हामी त छक्क पनि परेका छाैं, जनता दलहरुकाे सत्ता लुछाचुडी र दलाल प्रवृतिबाट यति बाक्क रहेछन्” अाजादले भने, “हाम्राे चुनाव खारेजकाे नीति बैज्ञानिक छ भन्ने अभियानमा पुनःपुष्टि भयाे।”
मगरगाउँ, कटुञ्जे, सुर्यबिनायक, सुशिला भैरवस्थानलगायतका ठाउँमा अायाेजित सभामा सयाैं जनता सहभागी भई चुनाव खारेज हुनुपर्ने मत राखेका थिए । २८ र २९ गतेसम्म डाेलेश्वर, सिपाडाेल, टार, दाेर्लाङलगायतका गाउँमा अभियान चल्नेछ ।
सेक्रेटरी कुशलका अनुसार अभियानमा अहिले जिल्ला सदस्यसम्म मात्र सहभागी भएकाे र बैशाखदेखि पुन सबै ठाउँमा एरिया सदस्य र पार्टी सदस्य पनि सहभागी गराइनेछ ।







