कोरियाली द्वीपमा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि उत्तर कोरियाले आफू त्यसको प्रतिरोध गर्न तयार रहेको बताएको छ ।

उत्तर कोरियाली सरकारी समाचार एजेन्सी एसीएनएले त्यहाँको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै जनाएअनुसार उत्तर कोरिया आफ्नो शक्तिशाली हतियारका माध्यमबाट देशको रक्षा गर्न सक्षम रहेको बताएको छ ।

उत्तर कोरिया जस्तोसूकै चुनौती सामना गर्न तयार रहेको पनि उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । उत्तर कोरियाले परमाणु हतियारसमेत अन्य आधुनिक हतियार विकास गर्नु सही थियो भन्ने तथ्य अहिले कोरियाली द्वीपमा अमेरिकी युद्धपोत तैनाथ हुनुले पनि प्रष्ट पारेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकाले भने आफ्नो हितको रक्षा तथा क्षेत्रीय शान्तिका लागि भन्दै युद्धपोत तैनाथ गर्नु परेको बताएको छ । तर उत्तर कोरियाले भने अब पुनः अमेरिकाले कोरियाली प्रायदीपमा शक्ति प्रदर्शन गरे त्यसको परिणाम निकै भयंकर हुने बताएको छ ।

यसैबीच मंगलबार उत्तर कोरियाको संसदले कोरियाली प्रायदीपमा अमेरिकाको सैन्य प्रदर्शनलाई मुकाबिला गर्न आदेश दिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार