संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेपछि सरकार थप संकटमा परेको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बुधवार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । सरकारले संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता गरेको भोलिपल्ट मोर्चाले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेसँगको परामर्शमा संविधान संशोधनको नयाँ विधेयक ल्याइएको बताउँदै आएका थिए । पहिले दर्ता गरेको संशोधन विधेयक फिर्ता लिएर पुन अर्को संविधान संशोधन विधेयक मंगलवार व्यवस्थापिका संसदमा दर्ता गरिएको थियो ।

संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता भएपछि त्यसबारेमा आधिकारिक धारणा तय गर्न मोर्चाको बुधवार बैठक बसेको हो ।

नागरिकता,भाषा,राष्ट्रिय सभाका बारेमा पूरानै विषय राखिएको, नयाँ विधेयक पहिले भन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै मोर्चाले निर्वाचन बहिस्कारसहित आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो ।

झाका अनुसार संविधान संशोधनको नयाँ विधेयकले आफूहरुका माग सम्बोधन गर्न नसकेको भन्दै मोर्चाले निर्वाचन बहिस्कारसहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार