
संसदीय पार्टीहरुले घोषणा गर्न त स्थानीय निर्वाचनको गरेका छन् । तर उनीहरुको गाउँ र शहर कतै पनि चुनावी रौनक छैन ।
तर नेपाल कम्युनिस्ट पार्टीले भने देशव्यापी स्थानीय निर्वाचन खारेज अभियानलाई आक्रामक ढंगले अगाडि बढाएको छ ।
काठमाडौं उपत्याकाभित्र काठमाडौंका विभिन्न ठाउँमा निर्वाचन खारेज अभियान तीव्रतामा गएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिकाअन्तर्गत विभिन्न गाउँमा कम्युनिस्ट पार्टीले निर्वाचन खारेज अभियानलाई आक्रमक बनाएर लगेका छन् ।

विहीबार चन्द्रागिरि नगरपालिकाका विभिन्न गाउँहरुमा कम्युनिस्ट पार्टीले खारेज अभियान संचालन गरेको छ । नगरपालिकाअन्तर्गत १२३ वडामा कम्युनिस्ट पार्टीले जनभेट कार्यक्रमसहित चुनाव बहिष्कार कार्यक्रम सम्पन्न गर्यो ।
सोही कार्यक्रममा पार्टीका दर्जनौ नेता कार्यकर्ताहरुको उपस्थिति रहेको छ । राता झण्डा र व्यानरसहित चुनाव खारेज अभियानमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुको उपस्थितिले संसदवादीहरुले चुनावको चहलपहल नगर्दै खारेज अभियान तीव्रतमा गएको छ ।
जसका कारण गाउँहरुमा संसदीय पार्टीहरुको कुनै उपस्थिति देखिदैन । यसले गर्दा पनि कम्युनिस्ट पार्टीको खारेज अभियान तीव्रतामा गएको छ ।
चन्द्रागिरि नगरपालिकाका वडा नं १ र २ का गाउँहरुमा भएका स्थानीय सभालाई नेपाल कम्युनिस्ट पार्टी विशेष उपत्यका व्युरो सदस्य सुदर्शन मंगोलले संवोधन गरेका थिए ।

चन्द्रागिरि नगरपालिकाका गाउँहरुमा अभियान टोली

निर्वाचन खारेज अभियानबारे पार्टीको धारणा राख्दै विशेष उपत्यका व्युरो सदस्य सुदर्शन मंगोल








