अमेरिकाले विश्वलाई आश्चर्यमा पार्दै अफगानिस्तानमा शक्तिशाली न्युक्लिएर बम आक्रमण गरेको छ ।

अमेरिकाले अफगानिस्तानमा हानेको शक्तिशाली बम
अफगानिस्तानमा सुरुङ्ग बनाएर लुकेको भन्दै करिब ७ हजार आइएसमाथि बिहीबार अमेरिकाले विश्वकै सबैभन्दा ठुलो १० हजार किलोको आणविक बम जीबीयु-४३ हानेको हो । यस बमलाई ‘मदर अफ अल बम’ पनि भनिन्छ । अमेरिकाले आणविक बम हानेको स्थान पाकिस्तानको सिमानासँग जोडिएको छ ।
पेशावर यहाबाट केबल १०० किलोमिटरको दुरीमा छ । अफगान अधिकारीका अनुसार यस हमलामा ३६ जना आतंकवादी मारिएका छन् ।
अमेरिकाले यो हमला आफ्ना एक सैनिकको हत्याको बदलामा गरेको बताएको छ । ती सैनिक अघिल्लो शनिबार आतंकवादीको अप्रेशनका क्रममा मारिएका थिए । अमेरिकाले सन् २००१ मा ट्वीन टावरमा हमला भएपछि अफगानिस्तानमा कारबाही थालेको थियो ।
१६ वर्षमा पहिलो पटक अमेरिकाले विशाल आणविक बमको प्रयोग गरेको हो ।
अमेरिकी सेनाका अनुसार “मदर अफ अल बमलाई एअरफोर्स स्पेशल अपरेशन्स कमाण्डले एमसी-१३० एयरक्राफ्टबाट हानेको हो । अमेरिकी सेनाले यस बमबाट भएको नोक्सानबारे अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन । अमेरिकाको निशानामा पाकिस्तान सिमाना नजिकैको क्षेत्रमा आइएसका लडाकु बसेको आशंकामा अमेरिकाले आक्रमण गरेको हो ।
अफगानिस्तानमा तैनाथ अमेरिकी जरनल जोन निकोलसनले बताए अनुसार आफूलाई क्षति हुन थालेपछि अहिले आइएसका लडाकुले आईईडी, बंकर र टनेलको प्रयोग गर्न थालेका छन् । हमलाका क्रममा आमनागरिकलाई जोगाउन पुरै सावधानी अपनाइएको थियो ।
यो बम सामान्य लडाकू विमानबाट हानिएको होइन । यसका लागि मालवाहक एमसी-१३० एयरक्राफ्ट प्रयोग गरिएको हो ।
पेन्टागनले जनाए अनुसार अफगानिस्तानको नानागढ प्रान्तमाको अचिन जिल्लामा आइएआइएस खुरासान टनेल कम्प्लेक्समा यो बम हानिएको हो । यहाँबाट केबल एक घन्टाको दुरीमा पाकिस्तानी सिमाना छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार “अफगानिस्तानमा बिहीबार साँझ ७ बजे जीबीयु-४३ बम हानेको हो । यो जीपीएसबा निर्देशित हुने बम थियो । बमको तौल २१६०० पाउन्ड अर्थात करिब १० हजार किलोग्राम रहेको थियो । अमेरिकाले अफगानिस्तानमा हानेको बम सिरियामा हानिएको बमभन्दा २१ गुणा शक्तिशाली हो ।
यदि आणविक बमलाई छाड्ने हो भने यो विश्वमा रहेकामध्ये सबैभन्दा शक्ति बम हो । यसको तौल १० हजार किलोग्राम रहेको छ । यसमा जम्मा ८,१६४ विस्फोटक भरिएको थियो । टीएनटी एक्सप्लोसिभसँग तुलना गर्ने हो भने यो बम ११ गुणा शक्तिशाली हुन आउँछ । करिब डेढ किलोमिटरको दायरामा आउने सबै चिजलाई यसले नष्ट गर्छ ।
पेन्टागनका प्रवक्ता एडम स्टम्पका अनुसार बमलाई म्यासिभ अर्डिनेन्स एयर ब्लास्ट बम्ब (एमओएबी) बाट जानिन्छ । यसको उपनाम भने मदर अफ अल बम हो । अमेरिकाले वर्ल्ड ट्रेड सेन्टरमा तालिबानले ९/११ आतंकवादी हमलापछि अफगानिस्तानमा हमला गरेको थियो । सन् २०१४ मा बाराक ओबामाले युद्ध सकिएको घोषणा गरेका थिए । तर अमेरकाले अहिले पनि त्यहाँ एउटा सैन्य टुकडी राखेको छ ।
अहिले अफगानिस्तानमा आईएसआईएसले अखडा जमाइरहेका छन् । यसैकारणले अमेरिकाले अफगानिस्तानमा आफ्नो मिसनलाई फेरि तीब्र पारेको छ ।







