काठमाडौं चन्द्रागिरि नगरपालिकाका अन्तर्गत गाउँका जनताले स्थानीय निर्वाचनमा भोट नहाल्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको निर्वाचन खारेज अभियानमा चन्द्रागिरि नगरपालिकाअन्तर्गत मच्छेगाउँका जनताले कम्युनिस्ट पार्टीका नेता कार्यकर्तासँग भोट नहाल्ने बताएका हुन् ।

२० वर्षको संसदीय व्यवस्थामा जति नेताहरुलाई चुनेर पठाएपछि आफुहरुको जीवनमा कुनै परिवर्तन नआएको भन्दै चन्द्रागिरिका जनताले स्थानीय निर्वाचनमा भोट नहाल्ने बताएका छन् ।

शुक्रबारे नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु नयाँ वर्षको अवसरलाई निर्वाचन खारेज अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिकाका विभिन्न गाउँमा पुगेर प्रचार प्रसार गरेका छन् ।

त्यस अवसर यही नगरपालिकाभित्र पर्ने थानकोट निवासी सन्तोषी महर्जनले स्थानीय निर्वाचनले जनतालाई केही पनि नदिने भन्दै भोट नहाल्न अपिल गरिकी थिइन ।

नेवारी भाषामा उनले नेवारी समुदायलाई निर्वाचनमा भोट नहाल्न गरेको अपिललाई नेवार समुदायका मान्छेले साथ दिने बताएका छन् ।

मच्छेगाउँका स्थानीय नेवार समुदायलाई अपिल गर्दै कम्युनिस्ट पार्टीकी नेवार नेतृ सन्तोषी

मच्छेगाउँमा कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार