काठमाडौंको सतुङगलमा प्रहरी हस्तक्षेपको दृश्य

नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंको सतुङगलमा आयोजना गरेको शान्तिपूर्ण निर्वाचन खारेज अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ ।

शनिबार दिउँसाे कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले सतुङगल चोकमा शान्तिपूर्ण तवरले निर्वाचनमा बहिष्कार गर्न अपिल गरिरहेको बेला प्रहरीले बल प्रयोग गरेर कम्युनिस्ट पार्टीको कार्यक्रममा हस्तक्षेप गरेको छ ।

गणतन्त्र ल्याउन दश वर्ष लडेको पार्टीको नेतृत्व प्रचण्डको नेतृत्वमा बनेको सरकारले नै जनयुद्ध लडेका सहयोद्धा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण कार्यक्रम गर्न नदिने काम गणतन्त्र र लोकतन्त्रको खिल्ली उडाउने काम गरेको विश्लेषकहरुले बताएका छन् ।

निर्वाचन खारेज अभियानमा कम्युनिस्ट पार्टीले देशकव्यापी रुपमा तीव्रतमा लगेपछि संसदवादीहरु अत्तालिएको कम्युनिस्ट पार्टीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार