नेपाल कम्युनिस्ट पार्टीको निर्वाचन खारेज अभियान काठमाडौंको विभिन्न गाउँमा तीव्रतामा चलेको छ ।

काठमाडौं र धादिङको सिमानामा पर्ने भीमढुनगा नगरपालिकामा कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु आइपुगेका छन् ।

निर्वाचन खारेज अभियान अन्तर्गत कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले स्थानीय निर्वाचनको नाममा संसदीय दलका नेताहरुले भ्रष्टचार र लुट मच्चाउने लाइसेन्स प्राप्ति गर्नका लागि आउन थालेको भन्दै सो चुनावमा बहिष्कार गरेर सहयोग गर्न अपिल गरेका छन् ।

स्थानीय जनताले २५ वर्षको संसदीय व्यवस्थामा आफ्नो जीवन कहिल्यै उभो नलागेको भन्दै यसपालीको निर्वाचनमा आफुहरुले मत नदिने बताएका छन् ।

कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता निर्वाचन अभियानमा तीव्रतामा गइरहेको बेला संसदीय पार्टीका नेता कार्यकर्ताहरु भने कतै पनि देखिएका छैनन् ।

सो अभियानमा नेपाल कम्युनिस्ट पार्टीका विशेष उपत्यका व्युरो सदस्य सुदर्शन मंगोल, काठमाडौं सचिवालय सदस्य राम सिटौलासहित सामानाको अभियान टोली सहभागी छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार