
निर्वाचन गर्ने संसदवादी पार्टीका मान्छेहरुको चुनावी रौनकता गाउँमा कतै देखिदैन । तर चुनावी खारेज अभियान लिएर नेपाल कम्युनिस्ट पार्टीले देशभरि आक्रमक ढंगले अगाडि बढाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोअन्तर्गत काठमाडौंभित्र निर्वाचन खारेज अभियान निकै तीव्रतामा गइरहेको छ । कम्युनिस्ट पार्टीले उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा अभियानलाई तीव्रतामा लगेको छ ।
उपत्यकाका गाउँहरुमा संसदीय पार्टीका नेता कार्यकर्ताहरुको चुनावी अभियान शुन्य छ भने कम्युनिस्ट पार्टीको खारेज अभियान निकै सक्रिय ढंगले संचालन भइरहेको छ ।
कम्युनिस्ट पार्टीको खारेज अभियानलाई स्थानीय जनताको साथ दिइरहेका छन् । काठमाडौं जिल्लाका चन्द्रागिरि नगरपालिका, नार्गुजन नगरपालिकाका गाउँ गाउँ, गल्लीमा कम्युनिस्ट पार्टीले खारेज अभियान तीव्रतामा लगिरहेका छन् ।

काठमाडौंको भीमफेदीमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु

काठमाडौं र धादिनको सिमानमा निर्वाचन खारेज अभियान टोली

काठमाडौंको रामपुरकोटको जंगलमा अभियान टोली







