
नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कैलालीमा स्थानीय निर्वाचनका लागि छापिएको मतदाता शिक्षा नियमावली र नमुनापत्रलाई कब्जा गरी जलाइदिएका छन् ।
सोमबार राति कैलालीमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले सरकारी चुनावी मतदाता नमुनापत्र जलाइदिएका हुन् ।
कम्युनिस्ट पार्टीद्धारा घोषित जनसरकार प्रमुख हरिचरण चौधरीले संसदीय व्यवस्थाले जनतालाई चुनावको नाममा लुटतन्त्र मच्चाउन खोजेको भन्दै त्यसलाई आफुहरुले जलाएको जानकारी दिए ।
स्थानीय निर्वाचन नजिकिदै गर्दा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले देशव्यापी निर्वाचन खारेज अभियानलाई तीव्रतामा लगेका छन् ।







