काठमाडौं स्वयम्भु प्रहरी वृतका डिएसपी झण्डा र व्यानर खोस्दै

गणतन्त्र ल्याउन बलिदान गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टीको शान्तिपूर्ण निर्वाचन खारेज अभियानलाई प्रचण्ड नेतृत्वको सरकारले आज मंगलबार काठमाडौं पुन हस्तक्षेप गरेको छ ।

शान्तिपूर्ण तवरले चुनाव बहिष्कार कार्यक्रम लिएर काठमाडौंको नार्गजुन नगरपालिकाको रानीबनमा कम्युनिस्ट पार्टीको कार्यक्रममा स्वंम्भु प्रहरी वृतबाट एसपीको नेतृत्वमा आएको प्रहरी टोली र सेनाको एक टुकडीले हस्तक्षेप गरेको हो ।

सेना र प्रहरीको आधा दर्जन भ्यानसहितको टोली आएर कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई दमनको सहारा लिने प्रयत्न गरेको थियो । तर कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताले नारा जुलश गर्दै प्रहरी दमनको विरोध गरेका थिए ।

शान्तिपूर्ण निर्वाचन विरोधी कार्यक्रम गर्दै हिडिरहेको बेला प्रचण्ड नेतृत्वको सरकारको आदेशमा आएका प्रहरी र सेनाको ठूलो टीमले कम्युनिस्ट पार्टीको अभियान टोलीको व्यानर, झण्डा र माइक खोसेर लगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार