नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले मंगलबार देशका चार स्थानमा भएका शान्तिपूर्ण विशाल जनसभामा प्रचण्ड विमलेन्द्र सरकारले गरेको हस्तक्षेपको कडा रुपमा भत्र्सना गरेका छन् ।

आफ्नो शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले दमन नरोके त्यसको परिणाम गंभीर हुने र त्यसको भागिदार प्रचण्ड विमलेन्द्र सरकार हुने महासचिव विप्लवको भनाई छ ।

देशका चार स्थानमा पार्टीको शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेपपछि महासचिव विप्लवको यस्तो कडा भनाई आएको हो ।

कंचनपुर, बुटवल, जनकपुर र विराटनगरमा आज मंगलबार कम्युनिस्ट पार्टीले स्थानीय निर्वाचनको खारेजी अभियानअन्तर्गत शान्तिपूर्ण जनसभा आयोजना गरेको थियो । ती सभामा प्रचण्ड विमलेन्द्र सरकारको ठाडो निर्देशनमा हस्तक्षेप गरिएको थियो ।

महासचिव विप्लवले राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको दुहाई दिने संसदीय दलको नेताहरुले गरेको यस्तो दमनकारी हस्तक्षेपको कडा रुपमा विरोध गरेका छन् ।

‘संसदवादी दलहरुले राजनैतिक स्वतन्त्रता र प्रजातन्त्रको नारा दिनरात भट्याइरहन्छन् त्यसमा पनि प्रचण्डको सरकार छ । विडम्वना ! उनीहरुले नै भन्ने गरेको राजनैतिक स्वतन्त्रताको खिल्ली उडाउँदै यस्तो हस्तक्षेप र दमन गरिएको छ ।’ महासचिव विप्लवद्धारा जारी विज्ञेप्तीमा भनिएकाे छ- ‘प्रचण्ड,विमलेन्द्र प्रशासनको यो लज्जाजनक हस्तक्षेपको हामी घोर भत्र्सना गर्दछौं साथै कार्यक्रमहरुमा
भइरहेको दमन र हस्तक्षेप बन्द गर्न आग्रह गर्दछौं ।’

महासचिव विप्लवले प्रचण्ड विमलेन्द्र सरकारको निर्देशनमा प्रहरी हस्तक्षेप गरिएपनि आफ्नो कार्यक्रम नरोकिने बताएका छन् ।

महासचिव विप्लवद्धारी विज्ञेप्तीको पूरा पाठ :

आज देशका चार स्थान (कञ्चनपुर, बुटवल, जनकपुर र विराटनगर) मा जनजागरण सभा आयोजना गरिएकोथियो । आश्चार्यको कुरा शान्तिपूर्ण जनजागरण सभामा लाज पचाएर प्रचण्ड सरकारले सबैतिर प्रहरी हस्तक्षेप गरेको छ भने ललितपुर, काठमाडौं, बाग्लुङलगायत देशभरि जागरण अभियानमा हिंडेका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रचण्ड, विमलेन्द्र प्रशासनको यो लज्जाजनक हस्तक्षेपको हामी घोर भत्र्सना गर्दछौं साथै कार्यक्रमहरुमा भइरहेको दमन र हस्तक्षेप बन्द गर्न आग्रह गर्दछौं ।

संसदवादी दलहरुले राजनैतिक स्वतन्त्रता र प्रजातन्त्रको नारा दिनरात भट्याइरहन्छन्त्यसमा पनि प्रचण्डको सरकार छ । विडम्वना ! उनीहरुले नै भन्ने गरेको राजनैतिक स्वतन्त्रताको खिल्ली उडाउँदै यस्तो हस्तक्षेप र दमन गरिएको छ । यो हस्तक्षेपले हाम्रो पार्टीले
भनिरहेको नेपालमा जनताको राज्य व्यवस्था छैन । यहाँ प्रतिगमन र प्रतिक्रान्ति भएको छ भन्ने सत्यलाई नै प्रमाणित गरेको छ ।

हामी प्रचण्ड–विमलेन्द्र सरकारलाई जानकारी र चेतावनी दिन चाहन्छौं कि हाम्रो अभियान वैशाख महिनाभरि जनजागरण सभा, प्रदर्शन, जुलुस, प्रचारप्रसार चलिरहने छ, यो अभियान कुनै पनि प्रहरी हस्तक्षेपद्वारा रोकिने छैन । हामी चाहन्छौं राजनैतिक कार्यक्रमहरु गर्ने
सहज वातावरण बनाइयोस्, राज्यले चालेका सबै दमन र हस्तक्षेपहरु बन्द गरियोस् अन्यथा सरकारको दमनका कारण पैदा हुने परिणामको जिम्मेवार प्रचण्ड–विलेन्द्र नैहुनु पर्नेछ ।

अन्त्यमा हाम्रा सबै क्रान्तिकारी कमरेडहरुलाई राज्य दमनको कुनै प्रवाह नगरी प्रतिक्रियावादी संसदीय व्यवस्थाको चुनाव खारेज तथा जनजागरण अभियानमा दृढतापूर्वक अगाडि बढ्न अपिल गर्दछौं । हामीलाई दमन र आतंकको कुनै प्रवाह छैन । हामीलाई जनताको
अधिकार, देशको स्वाधीनता, शान्ति र समृद्धिको चिन्ता र दायित्व छ । हामीले त्यसलाई पूरा गरिछाड्नु पर्छ ।

२०७४ वैशाख ५
… … … …
विप्लव
महासिचिव

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार