प्रमूख पाँच राजनीतिक दलहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेपछि मुलुक मुठभेडमा जाने भएको छ । ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का शीर्ष नेताहरुको बैठकले निर्धारित मिति नै एकतावद्ध भएर स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेका कारण मुलुक मुठभेडमा जाने भएको हो ।
बैठकले स्थानीय तहको निर्वाचन पूर्व नै मधेसी मोर्चालाई सहमतिमा ल्याउन वार्ता र सम्वादको प्रक्रिया जारी राख्ने निर्णय गरेको छ तर मधेशी मोर्चाले नेपालबन्दसहित आम हडतालको कार्यक्रमको घोषणा गरेको छ । ।
बैठकले बैशाख ३१ को निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न र मधेसी मोर्चालाई निर्वाचनमा ल्याउन संविधान संशोधन प्रस्ताव अघि बढाउने र निर्वाचनका लागि अनुकूल वातावरण बनाउने निर्णय गरेको छ ।







