स्थानीय निर्वाचन खारेज अभियान अन्तर्गत रुकुममा नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रम तीव्रतामा गएको छ ।

स्थानीय तहको चुनाव बहिष्कार गर्न नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी रूकुमा बुधवारदेखि एकीकृत जनजागरण तथा प्रतिरोध अभियान सञ्चालन अारम्भ गरेको छ ।
वैशाख ३१ का लागि तय भएको स्थानीय तहको चुनाव जनताको पक्षमा नभएकोले यसको खारेज गर्नुपर्ने भन्दै विप्लव माओवादीले यस्तो अभियान सञ्चालन गरेको छ । स्थानीय तहको चुनाव कुनै व्यक्तिका लागि भन्दा पनि जनताको पक्षमा हुनुपर्ने भन्दै विप्लव माओवादीले विरोध अभियान सञ्चालन गरेको बताएको छ ।
बुधावार रुकुम सदरमुका मुसिकोटमा गरेको विरोध कार्यक्रमा बोल्ने अधिकांश नेताहरुले अहिले हुन लागेको स्थानीय तहको चुनाव जनताको पक्षमा भन्दामा पनि राष्ट्रघाती दलालहरुको पक्षमा रहेकोले यसको पुरै खारेज गर्न आफ्नो पार्टीको माग रहेको बताएका हुन् ।
लामो सयमपछि हुन लागेको स्थानीय तहको चुनावमा जनताका अधिकारबिहीन चुनाव गर्न अहिलेको सरकार लागि परेकाेले आफ्नो पार्टीले सरकारसँग जस्तोसुकै परिस्थितिसँग लडेर भए पनि चुनाव बहिष्कार गर्ने जिकिर गरे । दश वर्षे जनयुद्धबाट प्राप्त भएका उपलब्धि अहिले आएर गुम्ने खतरा भएकोले यसको रक्षा गर्न आफ्नो पार्टीले त्यसको रक्षाका लागि सशक्त आन्दोलन गर्ने नेताहरुले बताए ।
सहिदले रोजेका सपनाहरुलाई वेवास्ता गरेर अहिलेको प्रचण्ड नेतृत्व सरकारले पूरानै तरिकाले स्थानीय तहको चुनाव गर्न लागेकोले यो आफूहरुलाई मान्य नहुने कम्युनिस्ट पार्टीका नेताहरूले जोमिख मोलेर भए पनि स्थानीय तहको चुनाव खारेज गरेरै छाड्ने बताए ।

निर्वाचन खारेज अभियानको उद्घाटन गर्दै सेक्रेटरी चन्द्र बुढा








