शान्तिपूर्ण कार्यक्रम चलिरहेको बेला प्रहरीले कार्यक्रमस्थल भत्काएको दृश्य

शाही शासन कालमा समेत शान्तिपूर्ण सभा जुलुश गर्न पाएको अधिकारलाई लोकतन्त्र र गणतन्त्रको सरकारले शान्तिपूर्ण सभा र जुलुश गर्न नदिएर प्रचण्ड सरकारले हिटलरी शैली प्रदर्शन गरेको छ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको निर्वाचन विरोधी शान्तिपूर्ण कार्यक्रमलाई विहीबार चितवनमा पनि प्रहरीले बल प्रयोगद्धारा  हस्तक्षेप गरेर प्रचण्ड सरकारले नांगो नाच प्रदर्शन गरेको छ ।

कम्युनिस्ट पार्टीले चितवनको भरतपुरमा आयोजना गरेको सभालाई पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले सम्वोधन गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको थियो ।

कार्यक्रम स्थलबाट प्रहरीले २७ जनालाई गिरफ्तार गरेको कम्युनिस्ट पार्टीले बताएको छ ।

बुधबार र विहीबार देशभरि नेपाल कम्युनिस्ट पार्टीको शान्तिपूर्ण सभालाई प्रचण्ड सरकारले गरेको प्रहरी हस्तक्षेप निन्दनीय र भत्र्सनापूर्ण भएको कम्युनिस्ट पार्टीले बताएको छ ।

शान्तिपूर्ण कार्यक्रममा बोल्दै नेता बास्तोला

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार