भारतका एक पूर्व प्रहरी प्रमुखले नक्सलबारी आन्दोलनले ५० वर्ष पार गरेको सन्दर्भमा भारतमा माओवादी आन्दोलन शक्तिशाली आन्दोलनको रुपमा रहेको बताएका छन् ।

भारतीय प्रहरीका पूर्व चिफ प्रकाश सिंहले हिन्दुस्तान टाइम्समा एउटा गंभीर प्रकृतिको लेख सार्वजनिक गर्दै सन् १९६७ मा सुरु भएको नक्सलबारी आन्दोलन आज भारतको एउटा ठुलो शक्तिको रुपमा रहेको बताएका छन् ।

५० वर्षपछि पनि भारतमा माओवाद जिउँदो रहेको बताउँदै सिंहले २० राज्यको २०० जिल्लामा माओवादी आन्दोलनको प्रभाव रहेको जनाएका छन् । त्यसमध्ये १३ राज्यको १०४ जिल्लामा माओवादीको बढी प्रभाव रहेको सिंहले बताएका छन् ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतीय माओवादीहरुलाई सदाको लागि अन्त्य गर्ने धम्की दिएको भएतापनि त्यो कामव्यापी नभएको भन्दै पूर्व भारतीय प्रहरी प्रकाश सिंहले माओवादी आन्दोलन बलशाली बन्दै गएको स्वीकार गरेका छन् ।

भारतमा एक प्रतिशत धनीहरुको हातमा ५८ प्रतिशत गरिब किसानहरुको सम्पति रहेको, बेरोजगार सख्या बढेको, आदिवासीहरुको समस्या हल नभएको लगायत थुप्रै समस्याहरुका कारण भारतमा माओवादी आन्दोलन तीव्रतामा गएको सिंहको दाबी रहेको छ ।

माओवादी आन्दोलन यसरी अगाडि बढ्नुको मुख्य समस्या नखोजिकन देशमा समस्या हल नहुने भन्दै ती पूर्व प्रहरी प्रमुखले राज्यले माओवादी आन्दोलनका समस्यालाई हल गर्नु पर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार