वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद् बहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टर’ पद्धतिकै धज्जी उडेको छ।

मुलुकको सुरक्षा नेतृत्व सम्हालेका गृहमन्त्रीले नै वरीयताको निहुँमा मन्त्रिपरिषद् बैठक बहिष्कार गरेपछि निर्वाचन सुरक्षामा समेत असहज अवस्था देखिएको छ।

राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल दुई मन्त्रीबीच वरीयता विवादले प्रधानमन्त्रीय पद्धतिकै धज्जी उडेको बताउँछन्। वरीयता विवादले भाँडभैलो हुनुको कारण प्रधानमन्त्री पुष्पकमल दाहालको निरीहता भएको उनले बताए।

‘यहाँ के को प्रधानमन्त्रीय प्रणाली भन्नुहुन्छ?, प्रधानमन्त्रीय प्रणालीमा यस्तो निरीहता हुन्छ? भारत या बेलायतको गृहमन्त्रीले यस्तो गर्न सक्छ?’ प्राध्यापक बरालले भनेका छन्, ‘कसलाई के बनाउने भन्ने अधिकार प्रधानमन्त्रीको हो, मन्त्रीले चित्त बुझेन भने राजीनामा दिनुपर्छ। तर हामीकहाँ न प्रधानमन्त्रीले हटाउन सक्छन्, न मन्त्रीले राजीनामा दिन्छन्, यो सबैको कारण प्रधानमन्त्रीको निरीहता हो।’

वरीयता विवादका कारण चैत ३ गतेपछि २८ गते मात्रै मन्त्रिपरिषद् बैठक बसेको थियो।  बैठक बस्न नसकेपछि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण फर्किएको दुई सातापछि अनुमोदन गराएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालले समेत पटकपटक निर्वाचनका लागि गृहमन्त्रीले असहयोग गरेको आरोप लगाउँदै आएका छन्। गृहमन्त्री निधिले समेत आइतबार राति टि्वट गर्दै चुनावका लागि निर्वाचन आयोग र सरकारको मात्रै सुरक्षा व्यवस्था पर्याप्त नहुने उल्लेख गरेका थिए।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार