तस्बिरमा देखिएका थबाङी जनता हुन् ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा रोल्पाका थबाङी जनताले पूरानो सत्ताले स्थापना गरेको गाउँपालिकाको साइनबोर्डलाई जलाइदिएका छन् ।

कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य छिरिङ मगरले दिएको जानकारी अनुसार विहीबार कम्युनिस्ट पार्टीका थबाङका पूराना नेताहरु प्रताप रोका र विप्लव मगरको नेतृत्वमा थबाङका कार्यकर्ता र जनताहरुले सो गाउँपालिका जलाइदिएका छन् ।

पूरानो सत्तालाई गाउँमा प्रवेश निषेध गर्ने भन्दै कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले यस्तो घटना घटाएका हुन् ।

स्मरणरहोस् ०७० को दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाको थबाङमा शुन्य मत खसेको थियो ।

थबाङ ऐतिहासिक क्रान्तिकारी विरासत बोेकेको ठाउँको रुपमा चिनिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार