नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी मसाल र नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी आज एक ठाउँमा उभिने भएका छन् ।

अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकोत्सवको अवसरमा तीन कम्युनिस्ट पार्टीका तीन प्रमुख नेताहरु एउटै मंचमा देखिने भएका छन् ।

कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव, क्रान्तिकारी माओवादीका मोहन वैद्य र मसालका महामन्त्री मोहन विक्रम सिंहले अक्टोबर क्रान्तिबारी अलग अलग कार्यपत्र प्रस्तुत गर्नेछन् ।

राजधानीको चाहविलस्थित नेपाल चलचित्र विकास वोर्डको हलमामा आज शनिबार १२ बजे ती नेताहरुले सन् १९१७ मा सम्पन्न अक्टोबर समाजवादी क्रान्तिले एक सय वर्ष पारेको सन्दर्भमा पार्टीको आधिकारिक धारणा व्यक्त गर्नेछन् । अनि नेपालको सन्दर्भमा कस्तो र कसरी क्रान्ति गर्ने भन्नेबारे पनि प्रमुख नेताहरुले आफ्नो धारणा राख्नेछन् ।

नेपालमा कम्युनिस्ट पार्टीको साइनवोर्ड झुण्डाएर एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टीको बदनाम गरिरहेको बेला सैद्धान्तिक सवालमा केही असहमत रहेका भएपनि यी नेताले नेपालको कम्युनिस्ट पार्टीलाई सही दिशामा लैजाने कोशिस गरिरहेका छन् ।

यी तीन कम्युनिस्ट पार्टीमध्ये विप्लव नेतृत्व कम्युनिस्ट पार्टीले नयाँ र मौलिक ढंगले नेपालको क्रान्ति गर्ने बाटो तय गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार